विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताका लागि १६ टिम दर्ता भएका छन् । ६ कात्तिकबाट मकवानपुर थाहा नगरपालिकाको फाँट बजारमा प्रतियोगिता संचालन हुने छ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता मकवानपुरगढी र नवप्रतिभाबीच हुने खेल तालिका सार्वजनिक भएको छ ।
६ देखि ८ कार्तिकसम्म प्रतियोगिता संचालन हुने विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन थाहानगरपालिका मेयर विष्णु बहादुर विष्टले गर्ने तय भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार ५१ रुपैयाँ, द्वितीयलाई २६ हजार २६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ ।
प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ । पाँचौ पटक आयोजना हुन लागेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको अनुमानित खर्च ३ लाख ५० हजार रुपैयाँ रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।













































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्