बाम लोकतान्त्रिक गठबन्धनको थाहा नगरपालिकास्तरीय निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । गठबन्धनको संयुक्त निर्वाचन परिचालन, प्रचारप्रसारका लागि नेकपा माओबादी केन्द्रको थाहानगर पार्टी कार्यालयमा कार्यालय स्थापना गरिएको हो ।

४ मंसिरमा हुने संघ तथा प्रदेशसभा निर्वाचनका बाम लोकतान्त्रिक गठबन्धनकाको संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासंगै बाम गठबन्धन उम्मेद्वारलाई विजयी गराउन इमान्दार भई मतदान गर्न गठबन्धन दलका थाहानगरका नेताहरुले कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । गठबन्धन अन्तरगत नेपाली कांग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशीले लोकतन्त्रको रक्षा र यस क्षेत्रको विकासको लागि थाहानगरका कांग्रेस समर्थकले गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने प्रतिक्रिया दिए । उनले पाँच दलको गठबन्धनमा नेपाली कांग्रेस पनि सहभागी भएकोले यस क्षेत्रका उम्मेद्वारहरुलाई मतदान गरी विजयी गराउने बताए । नेकपा माओवादी केन्द्रका थाहानगर अध्यक्ष बिनोद कुमार लामाले गठबन्धनका उम्मेद्वारलाई मतदान गरी विजयी गराउन मतदाताहरुलाई अनुरोध गर्दै लोकतान्त्रिक संविधान अनुसार देशलाई अगाडि बढाउन गठबन्धनका उम्मेद्वारहरु विजयी हुनुपर्ने धारणा राखे ।

नेकपा एकीकृत समाजवादीका थाहानगर अध्यक्ष सानोकाजी गोपालीले प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन बनेकोले गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन अनुरोध गरे । राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला सचिव तथा थाहानगर अध्यक्ष दिनेश बिष्टले गठबन्धनको मर्म अनुरुप आफ्नो दलको नेता तथा कार्यकर्ताले गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्ने उल्लेख गरे ।

बाम लोकतान्त्रिक गठबन्धनले मकवानपुर क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य विरोध खतिवडा, २ ‘क’ मा नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज कुमारी मोक्तान र २ ‘ख’ मा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको उमेद्वारी रहेको छ ।

पालिका प्रेस
थप जानकारी