नेपाल संवत ११४३ को अवसरमा मोटर साइकल ¥याली हुने भएको छ । ९ कात्तिकमा ल्यायम्ह पुचस्मकवानपुरको मुख्य आयोजना तथा पालुङ सास्कृतिक सम्पदा संरक्षण समिती ,पालुङ युवा समाज थाहा २ तथा गोपाली गाउँ भिन्तुना समितीको आयोजनामा ¥याली हुने भएको हो ।
कार्यक्रमको झम्केश्वर महादेव पार्वता जात्रा गुठीले व्यवस्थापन गर्ने भएको छ । नेपाल संवत् ११४३ को अवसरमा बृहत भिन्तुना मोटरसाइकल र्यालीसहित शुभकामना कार्यक्रम हुने भएको हो ।
ओखरवजारबाट शुरु हुने मोटरसाइकल र्याली गोपाली गाउँ, पालुङ सहर हुँदै ओखरबजारको डवलिमा आइ शुभकामना आदानप्रदान हुने तथा विविध नेवारी संस्कृति तथा झांकी प्रदर्शन हुने ल्यायाम्ह पुचस् का जर्म श्रेष्ठले जानकारी दिए । र्यालीमा सहभागी हुन थाहानगरका प्रमुख बिष्णु बिष्ट पनि आउनुहुने आयोजकले जनाएको छ। नयाँ बर्षको कार्यक्रममा सहभागिता जनाउन सम्पुर्ण थाहा नगरवासीमा आयोजकले अनुरोध गरेको छ।













































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्