नेपाल संवत् ११४३ को अवसरमा नेवार समुदायले बुधबार हेटौंडामा प्रभातफेरी गरेका छन् । नेपाल भाषा खल: मकवानपुरले आयोजना गरेको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नेपाल संवत् नेपालीहरूको संवत् रहेको बताइन् ।

भाषा र संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा समृद्ध बनाउने बताइन् । नेपाल भाषा खलको कार्यालयबाट निस्केको र्‍यालीले नगरका विभिन्न भाग परिक्रममा गरेको थियो । नेवारी बाजागाजासहित र्‍याली निकालिएको थियो ।

र्‍यालीमा प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्य,प्रहरी उपरीक्षक वामदेव गौतमलगायत प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको पनि उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी