मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तथा एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बर्तौलाले मकवानपुरको चित्लाङलाई मिनि काठमाडौ हैन अर्गानिक चित्लाङ बनाउनुपर्ने बताएका छन् । १३ कात्तिकमा एमालेको आयोजनामा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा आयोजित भेटघाट तथा चियापान कार्यक्रमलाई संवोधान गर्दै उनले जबजब स्थानीयले चुनाब जिते त्यति बेला मात्रै यस क्षेत्रको बिकास भएको इतिहाँस रहेको बताए ।
चित्लाङ क्षेत्रको पर्यटन बिकासमा आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै उनले भने,–‘चित्लाङलाई मिनि काठमाडौ हैन अर्गानिक चित्लाङ बनाउनुपर्छ अनी चित्लाङ चन्द्रागिरी सडकलाई सरर चल्ने र प्रत्यक दिन चित्लाङ आउ आउ लाग्ने बनाउनुपर्छ ।’ चित्लाङसंग मार्खु, कुलेखानी, बज्रबाराहिको कुन्छाल, भीमफेदिको चिसापानी गढि, मैत्री बगैँचा, रिखेस्वर महादेव तथा कैलाशको बैकुण्ठ जोड्ने गरि करिडोर बनाएर पर्यटन, पुर्वाधार बिकास गर्न आफुले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
चित्लाङ र आसपासमा बसोबास गर्ने नेवारी समुदायको कला, संस्कृति, ईतिहास संरक्षण गर्न आफुले भुमिका खेल्ने बताए । २० बर्ष सँसद भएका बिरोध खतिवडाले सदनमा चन्द्रागिरी सडकको बिरोध गरेको र जनताको बिचमा मैले गरेको भनेर भ्रम छरेको आरोप समेत बर्तौलाले लगाए । २१ दिन तपाइले मिहिनेत गरेर सांसदको लागि आफुलाई म्याण्डेड मागिदिनुस आफू पाँच बर्ष जनताको नोकरको रुपमा सेवा गर्ने बर्तौलाको भनाइ थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्