नेकपा (माओवादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले आफुले जनहित विपरित कुनै काम नगर्ने बताइन् । उनले जनभावना अनुसार संस्थागत रुपमा योजना बनाई विकासका योजना ल्याउने कार्यकर्ताहरु सामु प्रतिवद्धता गरिन् । १३ कात्तिकमा थाहा नगरपालिकाको विकास घरमा भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहानगर कमिटिको विस्तारित बैठकमा मोक्तानले लामो संघर्षका कारण ब्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न अनुरोध गरिन् ।
प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार समेत रहेकी मोक्तानले यस क्षेत्रको विकासको लागि आफु तत्पर भएको बताइन् । यस क्षेत्रको विकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । उमेद्वार मोक्तानले राजनितिक हिसाबले स्वाभिमानी र एजेन्डाको हिसाबले सहि व्यक्तित्व गठबन्धनका उम्मेद्वार भएकोले इमान्दार भएर मतदान गरि विजयी गराउन कार्यकर्ताहरुलाई अनुरोध गरिन् ।
संबिधान रक्षाको लागि भएको क्रान्तिमा अवस्थामा उभिने एकीकृत समाजवादी पार्टीका उम्मेद्वार विरोध खतिवडालाई प्रतिनिधि सभामा र प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार आफुलाई मतदान गर्न मोक्तानको अनुरोध थियो । बैठकको अन्तिममा नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले आफुले प्रचारको लागि भन्दा पनि साँचो विकासको लागि प्रतिबद्धता जनाए उनले अहिलेको सरकार संबिधान अनुसार बनेकोले भ्रमको पछि नलाग्न अनुरोध गरे ।
नेकपा माओवादी केन्द्र थाहानगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा भएको बिस्तारित बैठकमा, माओवादी केन्द्रको केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सचिवालय सदस्य विष्णु विष्ट, प्रदेश कमिटि सदस्य ज्योति रायमाझी, लवशेर बिष्ट, इन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक सर्केश घलान लगायतको आतिथ्यता रहेको थियो । नेकपा माओवादी केन्द्र थाहानगर सचिब लक्ष्मण बिष्ट संचालन गगरेको बैठकमा जनबर्गिय संगठनका केन्द्रिय, प्रदेश, जिल्ला कमिटिका पदाधिकारीहरु, नगर कमिटि सदस्यहरु, वडा कमिटि पदाधिकारी, पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्