लोकतान्त्रिक बाम गठबन्धन जिल्लास्तरीय निर्वाचन परिचालन एवं समन्वय समिति मकवानपुरले निर्वाचन केन्द्रित चुनाव प्रचार प्रसारमा सहयोग पुर्याउने उद्देश्यले सबै पालिकाहरुमा समन्वय प्रतिनिधि परिचालन गर्ने भएको छ ।
समितिको १३ कात्तिकमा बसको बैठकले जिल्लाका १० वटै पालिका समन्वय प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका जिल्ला सदस्य एवं पार्टी प्रवक्ता अर्जुन प्रसाद चौलागाईले जानकारी दिए । समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको बैठकले समन्वय प्रतिनिधि पठाउँदा गठबन्धनमा आवद्ध दलका जिल्ला स्तरीय नेता पठाउँने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले गठबन्धन दल आवद्ध दलहरुका उम्मेदवारहरुका तर्फबाट संयुक्त अपिल प्रकाशन गर्ने निर्णय पनि गरेको कांग्रेस प्रवक्ता चौलागाईले बताए ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्