नेपाली कांग्रेस थाहानगर कमिटिको आयोजनामा ४ मंसिरमा हुने निर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रम भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका प्रत्यक्ष उम्मेद्वारहरु र नेपाली कांग्रेस थाहानगर कमिटि पदाधिकारी, वडा सभापति र स्थानीय निर्वाचनका उम्मेद्वारहरु बीच इन्द्रसरोवर गाउँपालिकाको सिम्लाङमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संबिधानको रक्षा र देशको विकासका लागि गठबन्धन भएको र गठवन्धन प्रति ईमान्दार भएर मतदान गर्न अनुरोध गरिन् । नेपाली कांग्रेस थाहानगरका वडा सभापतिहरुले कांग्रेसलाई विश्वास गर्न आग्रह गरेका थिए । उनीहरुले गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न आफुहरु प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।

नेपाली कांग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशीले गठबन्धनका सन्दर्भमा नेपाली कांग्रेसलाई शंका नगर्न भनेका थिए । ‘बाम लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस संवेदनशील छ’–उनले भने । नेपाली कांग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपसभापति नवराज कार्की, नेपाली काँग्रेस वडा नम्बर १ का सभापति रुपचन गोपाली, २ का गोकर्ण बरुवाल, ४ का श्रीकृष्ण के.सी, ५ का सन्त बहादुर गुरुङ ६ का कालिचरण अधिकारी, ७ का शिबराज थिङ, १० का कुलचन्द्र अर्याल, ११ का चिन कुमार गोले १२ का उर्बान तामाङ लगागतको उपस्थिति रहेको थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्