नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार विष्णु प्रसाद ढकालले बिरबहादुर लामाको कार्यकालमा निर्माण भएको फाखेल सडकलाई पक्की बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । टोलटोलसम्म ट्रयाक बनेका सडकलाई पक्की बनाउने ढकालले बताए । लामाको सम्झना गर्दै उमेद्वार ढकालले एमालेले जनप्रतिनिधि सिफारिस गरेर निर्वाचित भएका लामाको कार्यकालमा फाखेल सडक निर्माण स्मरण गराए ।

१५ कात्तिकमा आयोजित कार्यक्रममा निर्वाचनका बेला विपक्षीहरुले प्रदेशमा जातको नाममा भ्रम फैल्याएर भोट मागेकोले कम्युनिस्ट पार्टी र कम्युनिष्ट सिद्धान्त जाती समुदाय विशेष नहुने उल्लेख गरे । यद्यपि उनले प्रदेश सभामै एमालेले पुरानो कम्युनिस्ट नेता बलराम बल तामाङलाई पनि यहि भुगोलबाट समानुपातिक तर्फ उम्मेदवार बनाएको कार्यक्रममा सुनाए । विपक्षीसंग आफुले विकास गरेको विषय र एजेन्डा नभए पछि जातिए नारा लगाउन थालेकोमा सचेत रहन आग्रह गरे ।

अघिल्लो निर्वाचन जितेर मन्त्री बनेका साँसदहरुले फाखेलको विकासमा नसोचेको ढकालको आरोप थियो । आफु आदिवासी जनजाती समुदाय र तामाङ समुदायसंग नजिक भएर काम गरेको अनुभव सुनाउदै तामाङसंग आफ्नो मनदेखिको सम्बन्ध रहेको बताए । उनले फाखेललाई कम्युनिस्ट पार्टिको उर्बरभुमी रहेको बताउदै ढकालले मालेकालिन समयमा फाखेलका तामाङहरुले कम्युनिस्ट नेताहरुलाई संरक्षण गरेर राखेको र आफुले जिल्लाव्यापी कार्यक्रममा हिन्दा फाखेको चर्चा गर्ने गरेको उल्लेख गरे ।

पालिका प्रेस
थप जानकारी