नेकपा एमाले मकवानपुर–२ (क) का उम्मेदवार विष्णु प्रसाद ढकालले रुपचन्द्र विष्ट पछि पहिलो पटक थाहानगरले सांसदको टिकट पाएको बताएका छन् । सिंगो उत्तरी मकवानपुरबासीहरुको लागि अवसर भएको ढकलले बताए । उनले आफू निर्वाचन क्षेत्रकै उमेद्वार भएकोले पनि सुर्यमा मतदान गर्न आव्हान गरे ।

प्रतिनीधिसभा सदस्यमा महेश बर्तौला नामटारको स्थानिय र प्रदेशमा आफू पालुङको स्थानीय भएको बताउदै यस भेगका जनतासंग निरन्तर जोडिएर सेवा गर्नेमा निशंकोच बिश्वास गर्न ढकालले आग्रह गरे । थाहानगरको कुन्छालमा आयोजना गरिएको कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फका उम्मेदवार महेश कुमार बर्तौलाले गोपालीहरुको संस्कृति जगर्ने गर्दै पर्यटन ल्याउन आवश्यक भुमिका खेल्ने बताए । एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले गोपाली गाउँको डबली जसबाट यहाँको जनताको चुलोको समृद्धि आउने बर्तौलाको भनाइ थियो । यसभेगमा रहेका सार्बजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर बालबालिकाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्न आफू लागि पर्ने उनले प्रतिवद्धता व्यक्त गरे । इन्द्रसरोवरदेखि थाहानगर जोड्ने कुन्छाल कलंकी सडक अझै अव्यवस्थित रहेकोले आफुले सुधार तथा स्तरिकरण गर्ने बताए । मुलाबारी पर्यटकीय पार्क निर्माण गरेर यहाँ आउने पर्यटकलाई भुलाउने र यहाँको जनताको आर्थिकस्तर वृद्धि गर्ने उमेद्वार वर्तौलाको भनाइ थियो ।

कृषि र पशुुको व्यवसायीक परियोजना गाउँगाउँमा भित्र्याउन आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउदै युवा स्वरोजगारी सिर्जना गर्न आफुले योजना बनाएर काम गर्ने बताए । यो क्षेत्र तरकारीको लागि पनि चिनिने भएकोले तरकारी फल्ने खेत कुनै पनि सिमेन्टेड हुनेमा चिन्ता व्यक्त गर्दै उब्जनि हुने खेतबारीमा खेती गर्ने वातावरण आफुले बनाउने उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी