मकवानपुरको राक्सिराङ गाउँपालिका–८ निगुराङमा मदिरा सेवन गरी आफैंले आगो लगाउँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
विशाल चेपाङको खरले छाएको काठ, ढुङ्गा र माटोले बनेको एकतले कच्ची घरमा बुवा कृष्णबहादुर प्रजाले मदिरा सेवन गरी मंगलबार साँझ आगो लगाएका थिए ।
आगलागीबाट घरमा रहेको अन्नपात र लत्ताकपडा समेत जलेर पूर्ण नष्ट भएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।













































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्