मकवानपुरको थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसीजले जेसिज सप्ताह शुरु गरेको छ । जेसिजले २३ कात्तिकमा थाहानगरको होटल उत्सव प्लाजामा एक कार्यक्रमको आयोजना गरी सप्ताहको कार्यक्रम उद्घाटन गरिएको छ ।
होटल उत्सव प्लाजा थानाबजारमा पालुङ जेसिज वर्ष २००६ का अध्यक्ष रामप्रसाद ढकालले जेसिज सप्प्ताहको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष पुरुर्षोत्तम ढकाल, पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामा, पुर्व अध्यक्ष ओमकर विष्ट, मुल कार्यक्रम संयोजक तथा २०२२ का कार्यकारीणी उपाध्यक्ष संजय गोपाली, सह मुल कार्यक्रम संयोजक उपाध्यक्ष अञ्जय प्रधान, कार्यक्रम संयोजक गणेश बिष्ट तथा जेसीज वर्ष २०२२ का पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रम पालुङ जेसीज वर्ष २०२२ का शाखा अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा भएको थियो । २४ कात्तिकदेखि हुने जेसीज सप्ताह कार्यक्रम अन्तर्गत विविध कार्यक्रम हरुको आयोजना गरिने मुल कार्यक्रम संयोजक संजय गोपालीले जानकारी दिए ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्