पालुङ बहुमुखी क्याम्पसमा ‘जेसीज इन स्कूल’ कार्यक्रम गरिएको छ । पालुङ जेसिजको जेसिज सप्ता अन्तर्गत उक्त कार्यक्रम संचालन गरिएको हो । पालुङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालुङ जेसीज वर्ष २०२० का शाखा अध्यक्ष तथा वर्ष २०२२ का प्रमुख बोर्ड सल्लाहकार मनोज रायमाझी, वर्ष २०२२ का निवर्तमान अध्यक्ष नवराज लामा उपस्थित रहेको थियो ।

कार्यक्रममा पालुङ जेसीज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष तथा सप्ताहव्यापी कार्यक्रमका मुल कार्यक्रम संयोजक सञ्जय गोपाली, वर्ष २०२२ का उपाध्यक्ष तथा सह–मुल कार्यक्रम संयोजक अञ्जय प्रधान र उक्त कार्यक्रमको कार्यक्रम संयोजक नारायण तामाङलगायत अन्य जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो । सो अवसरमा उत्तरी मकवानपुरकै एक मात्र क्याम्पस पालुङ बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई पालुङ जेसीज वर्ष २००५ का शाखा अध्यक्ष सानोेभाई कार्कीले प्रशिक्षण दिएका थिए ।

पालुङ ,जेसिज वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको सभाध्यक्षतामा भएको कार्यक्रम महासचिव निरज रायमाझीले संचालन गरेका थिए । सहभागिहरुलाई कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष तथा मुल कार्यक्रम संयोजक सञ्जय गोपालीले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा पालुङ जेसीज वर्ष २०२० का शाखा अध्यक्ष मनोज रायमाझी, वर्ष २०१९ का शाखा अध्यक्ष कुमार नेगी, प्रमुख अतिथि क्याम्पस प्रमुख राजन मिश्रले कार्यक्रमको सफलताको कामना गरे । कार्यक्रममा उपस्थित सम्पूर्णलाई कार्यक्रम संयोजक नारायण तामाङले धन्यवाद ज्ञापन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी