मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (१) की उम्मेदवार कुमारी मोक्तानलेले मुलुकको समृद्धिका लागि नै गठबन्धन निमार्ण भएकाले शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्न पहल गरिने आश्वासन दिएकी छिन् । थाहा नगरपालिकाको शंकर होटलमा २६ कात्तिकमा आयोजित ‘वर्तमान शैक्षिक समस्या समाधानमा संघ र प्रदेश सरकारको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रममा उनले आफु विजयी भए प्रदेश सरकारबाट आवश्यक नीति निमार्ण गरी र संघमा अड्कियको शिक्षा ऐनलाई पारित गरि अस्थायी शिक्षकहरुलाई स्थायी प्रक्रियामा ल्याउने प्रतिबद्धता गरिन् ।

आफु बागमती प्रदेशको सामाजिक विकास मन्त्री हुँदा शैक्षिक क्षेत्रको विकासका लागि सक्दो खटिएको तर शिक्षा ऐन पास नहँुदा चाहे अनुरुपको शिक्षा क्षेत्रको मागलाई सम्बोधन गर्न नसकेको स्वीकारिन् । ‘म विजयी भए शिक्षकहरुले भनेजस्तो निजामती कर्मचारी र शिक्षकबीचको विभेद अन्त्य गर्छु’ मोक्तानले भनिन् । कार्यक्रममा थाहा नगरपालिका भित्र रहेका गठबन्धनतर्फका शिक्षक संघ संगठनका प्रतिनिधिहरुले निजामती कर्मचारी र शिक्षकबीचको विभेद अन्त्य गरी समान व्यवहार हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले राहत, अनुदान, निजी लगायत विभिन्न नाममा विभाजित शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गर्दै आवश्यक प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने पनि बताए

सरकारले संघिय शिक्षा ऐन जारी गरी शिक्षा र शिक्षकको समस्या समाधान गर्न तथा शैक्षिक वर्षको सुरुवातसंगै नयाँ पाठ्यपुस्तक प्रयाप्तता हुनेगरी व्यवस्था गर्न पनि माग गरेका थिए । एकिकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर कमिटी अध्यक्ष मनोज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संघका केन्द्रिय अध्यक्ष सानोभाइ कार्की, शिक्षक महासंघका थाहानगर अध्यक्ष राजाराम कार्की, नेपाल शिक्षक संघ थाहानगर सभापति विनोद सुवेदी, थाहानगर निर्वाचन परिचालन समितिका संयोजक प्रमोद कृष्ण जोशी, नेकपा माओवादी प्रदेश सभा सदस्य तथा मकवानपुर–२ ९१० निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, माओवादी नेता अरुण रायमाझीलगायतका उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी