फोटोः गुगलबाट

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ को भैरवडाँडा, चौकिटोल, चाइनाक्वाटर लगायतका क्षेत्रमा पाटेबाघ र मकवानपुरगढीको आमभन्ज्याङ क्षेत्रमा चितुवा आतंकले स्थानीय वासिन्दाहरु त्रसीत भएका छन् । हेटौंडा क्षेत्रमा बाघले खोरका बाख्रा समेत खाएको र वन कार्यालयले राखेको क्यामेरामा समेत बाघ देखिएको छ । यता मकवानपुरगढी ५ आमभन्ज्याङ क्षेत्रमा स्थानीयहरुले बाघ भनेपनि चितुवाको आतंक बढेको डिभिजन वन कार्यालय हेटौंडाले जनाएको छ । बाघ आतंकले रातीको समयमा सुत्न समेत नपाएको र स्थानीय वासिन्दाहरु त्रसीत भएको हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य इश्वरी रसाइलीले वताइन् ।

विशेषत मकवानपुर जिल्ला बन्यजन्तु बाघको उपयुक्त बासस्थान त होइन् । तर, जिल्लामा पछिल्लो १५ दिनदेखि बाघले आतंक मच्चाइरहेको छ । बाघले हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा स्थानीयको पशुचौपायामाथि आतंक मच्चाएको हो । मकवानपुरका पछिल्ला दुई हप्तामा बाघले एक गाईको बाच्छो र आठ बाख्रा मारेको डिभिजन वन कार्यालय राप्ती, मनहरीका अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिएका छन् । गत १३ कात्तिकमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ भैरवडाँडा एक–एक वटा खशि र गाईको बाच्छा मारेको थियो । त्यसपछि कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका वडा नं ६ मा ७ वटा बाख्रा र खसी मारेको हो ।

१३ कात्तिक आइतबार हेटौंडा उपमहानगरपालिका वडा नं. १ भैरवडाँडा एक–एक वटा खशि र गाईको बाच्छा मारेको थियो । त्यसपछि कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका वडा नं. ६ हेलिग्रामा स्थानीय गोपाल विश्वकर्माको ७ वटा खशिबाख्रा मारेको हो । हेटौंडाको भैरवडाँडा र मकवानपुरगढी–६ दुरी करिब १० किलोमिटर छ । आफ्नो शिकारको खोजीमा भैरवडाँडामै आएको बाघ मकवानपुरगढीमा पुगेको हुन सक्ने स्थानीयहरुको अनुमान छ । मकवानपुरगढीमा यसअघि पनि बाघले बाख्रा खाएको समाचार नआएको भने होइन ।

यति ठुलो संख्यामा क्षति पहिलो पटक भएको मकवानपुरगढी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष कृष्ण बजागाईंले बताए । क्षतिपुर्तिको लागि जिल्ला वन कार्यालयमा माग गरिएको उनले बताए । बाघले एकपछि आर्के स्थानमा पशुचौपाया मार्न थालेपछि मकवानवपुरका स्थानीयहरु त्रसित बनेका छन् । बाघको कारण स्थानीयहरु एक्लादुग्लै हिडडुल गर्न, पानी पँधेरो, घरायसी काम दाउरा, घाँस, सोत्तर लगायतका काम गर्न समेत डराउनु पर्ने स्थिति रहेको स्थानीय रामचन्द्र रेग्मी बताउँछन् । हेटौंडा उपमहानगर होस् या मकवानपुरगढी, जिल्लाभर बाँघलाई चाहिने आहारा सहितको उपयुक्त बासस्थान छैन । आहाराको लागि पशुचौपाया खाने बाघले मान्छेलाई पनि आक्रमण गर्न सक्ने भएकोले स्थानीय त्रसित बनेका हुन् ।

पालिका प्रेस
थप जानकारी