मकवानपुरको प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको पार्टीको उमेद्वार विनै कार्यकर्ता चुनावी प्रचारमा रहेका छन् । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी (एस)लाई संघ र प्रदेशमा नेकपा माओवादी केन्द्रलाई उमेद्वार भाग लागेपछि काँग्रेस उमेद्वार विहिन भएको हो ।

मकवानपुर–२ मा नेकपा एसबाट प्रतिनीधिसभामा विरोध खतिवडा र प्रदेशमा माओवादी केन्द्रकी कुमारी मोक्तानको उमेद्वारी रहेको छ । यस क्षेत्रमा १ लाख ५९ हजार ७५८ उमेद्वार रहेकोमा महिला ७१ हजार ९७९, पुरुष ७८ हजार ५९८ तथा अन्य मतदाता १ जना रहेका छन् । ९ वटा दलबाट उमेद्वारी दर्ता भएको यस निर्वाचन क्षेत्रमा १ जना स्वतन्त्र उमेद्वार रहेका छन् ।

मकवानपुर–२ मा १०५ मतदान स्थलमा १९२ मतदान केन्द्र रहेका छन् ।

पालिका प्रेस
थप जानकारी