निर्वाचनमा होमिएका चार जना पूर्व सामान्य प्रशासनमन्त्रीहरुको कन्तबिजोग भएको छ ।यस पटकको प्रतिनिधिसभामा पूर्व समान्यप्रशासनमन्त्रीहरु रेखा शर्मा,लालबाबु पण्डित,हृदयेश त्रिपाठी,राजेन्द्र श्रेष्ठ,गणेशसिंह ठगुन्नाहरु चुनावी मैदानमा थिए ।जसमध्ये रेखाबाहेक अरु पराजित भएका हुन । दाङ क्षेत्र नम्बर २ बाट एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा सांसदमा निर्वाचित भएकी छिन् ।

पूर्व सामान्य प्रशासनमन्त्री शर्मा २६ हजार ८ सय ७७ मत प्राप्त गरि प्रतिनिधिसभामा विजयी हुँदा शंकरले २६ हजार ६ सय ८१ मत प्राप्त गरे । रेखाले १९६ मत अन्तरले पोखरेलाई पराजित गरेकी हुन ।पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई हराउँदै मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेसका उम्मेदवार डा शेखर कोइराला विजयी भएका छन् । कोइरालाले ३५ हजार २१८ मत पाउँदा पण्डितले २२ हजार ९३२ मत प्राप्त गरेका हुन ।

कोइरालाले पूर्वमन्त्री पण्डितलाई १२ हजार २८६ को भारी मतान्तरले पराजित गरेका हुन । सो निर्वाचन क्षेत्रमा ८५ हजार ३७१ मत खसेकोमा ४ हजार ९५४ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस अघि २०७४ सालको निर्वाचनमा नेता कोइराला एमाले स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री समेत रहेका पण्डितसँग पराजित भएका थिए ।यता नवलपरासी बर्दघाट सुस्तापूर्वबाट चुनाव लडेका पूर्व सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी पराजित भएका छन् । उनलाई नेपाली काँग्रेसबाट चुनाव लडेका विनोद चौधरीले हराएका हुन । चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा पूर्वमन्त्री त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका थिए ।

यस्तै पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गर्दा वर्तमान उद्योगमन्त्री रहेका दिलेन्द्र प्रसाद बडूले २८ हजार ५१५ मत प्राप्त गरेका थिए । पूर्व सामान्य प्रशासनमन्त्री ठगुन्ना वर्तमान उद्योगमन्त्री बडूसँग पराजित भएका हुन । दार्चुलामा ०५६ पछि कम्युनिस्ट पार्टीको दबदबा छ। ०६४ को पहिलो संविधान सभा चुनाव नेकपा माओवादी केन्द्रका लक्ष्मणदत्त जोशीले जितेका थिए। ०७० मा कांग्रेसका बडूलाई उछिन्दै एमालेका ठगुन्ना विजयी भएका थिए।

०७४ सालमा पनि ठगुन्नाले माओवादी केन्द्रको समर्थनमा वाम गठबन्धनको साझा उम्मेदवार बनेर संसद पस्ने मौका पाए।अहिले सो क्षेत्र कम्युनिष्टले गुमाएको हो । यस्तै काठमाडौं क्षेत्र नम्बर सातबाट उमेद्धार बनेका थिए पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली ८७४३ मत ल्याई विजयी भएका छन् ।पूर्वमन्त्री श्रेष्ठ पनि पराजित भएका छन् ।

७४ सालपछिका पाँच बर्षमा ६ जना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेकामध्ये गणेश पहाडी भने संघीय निर्वाचनमा लडेनन् । संघीय निर्वाचन लडेका पाँच् जनामध्ये ४ जना पराजित भएका हुन भने पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा मात्र निर्वाचित भएकी हुन ।

पालिका प्रेस
थप जानकारी