दुवै मिर्गौलाले कामै नगर्ने भएपछि काठमाडौंको नेपाल मेडिकल कलेजमा उपचार भैरहेको मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ कि बिना कुमारी तामाङको उपचारको लागि पालुङ जेसिजले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर रही उपचारमा क्रममा रहेकी तामाङलाई पालुङ जेसिज बर्ष २०२२ का पधाधिकारीहरुबाट रकम संकलन गरी आर्थिक सहयोग गरीएको जेसिज बर्ष २०२२ का महासचिव निरज रायमाझीले जानकारी दिए । रायमाझीले भने –छोटो समयमा जेसिज मित्र तथा अन्य केहि सहयोगी मनहरुबाट १६ हजार ५ सय रुपियाँ संकलन गरी बिरामीका आफन्त सम्झना तामाङलाई हस्तान्तरण ग¥र्यौ ।’

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममामा पालुङ जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम खत्री, निवर्तमान अध्यक्ष नवराज लामालगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी