विभिन्न समयमा गरिएको बजार अनुगमनबाट बरामद गरिएको एक लाख बढि मूल्यका दैनिक उपभोग्य सामान २४ फागुनमा नष्ट गरिएको छ । म्याद नाघेका, गुणस्तरहीन रहेका उपभोग्य सामग्री थाहा नगरपालिका उपभोक्ता हित संरक्षण समितिको निर्णय अनुसार नष्ट गरिएको हो ।
अनुगमनका क्रममा म्याद गुज्रिएको खाने तेल, पेय पदार्थ, कस्मेटिक सामाग्री, चकलेट, मसलालगायत दैनिक उपभोग्य सामाग्री बरामद गरिएको थियो । उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अब एक्सनमै जानुपर्ने अवस्था आएको प्रतिक्रिया दिए ।
थाहा नगरपालिकाले उपभोक्ताहरुको हितको लागि विभिन्न समयमा नगरपालिकाको मुख्य बजार अनुगमन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्