काठमाडौं महानगरपालिकाका सबै वडामा निःशुल्क कानुनी सेवा उपलब्ध हुने भएको छ ।
महानगरकाअनुसार सबै वडा कार्यालयहरुमा कानुनी तथा सामान्य लिखत तयार गर्न, मौखिक रुपमा कानुनी परामर्श सेवा दिन लागेको हो । जसका लागि काठमाडौं महानगर र नेपाल ल क्याम्पस बीच समझदारी भएको छ । ३२ वटै वडामा हेल्प डेस्क सञ्चालन गरेर महानगरले सेवा दिन लागेको हो ।
समझदारी अनुसार कार्यालयसमय अवधिभरी सेवा दिने विद्यार्थीलाई मासिक १५ हजार रुपैयाँ सुविधा महानगरले उपलब्ध गराउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्