बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एकालाल श्रेष्ठले तुलसी प्रसाद रिजाललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेका छन् । हेटौंडा ४ निवासी रिजाललाई विज्ञ सल्लाहकारमा मन्त्री श्रेष्ठले नियुक्त गर्दै २ जेठमा पदस्थापन गराएका हुन् ।

मन्त्रालयले उनलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री श्रेष्ठले बताए । मन्त्रालयले उनको बौद्धिकतालाई उच्चतम प्रयोग गर्दै प्रदेशको खानेपानी, उर्जा र सिँचाई नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा लिएको प्रतिक्रिया दिए ।

पदस्थापनपछि सल्लाहकार रिजालले आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताए । विज्ञ सल्लाहकारले जनता र मन्त्रालयको अपेक्षा बमोजिम योजना बनाउने र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने बताएका छन् । उनले इमान्दारीपूर्वक प्रदेश सरकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समाजशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका रिजालले यसअघि भूमि सम्बन्धि समस्या समाधान आयोगको विज्ञ सदस्यको रुपमा काम गरिसकेका छन् । यसैगरी तत्कालिन कृषि विकास मन्त्रालयको सामाजिक समावेशी विज्ञको रुपमा मेचि अञ्चलको प्रमुख भई काम गरेका छन् । वरीष्ठ समाजशास्त्रीको रुपमा लामो समयदेखि क्रियाशील रहेका रिजालसंग शान्ती तथा पुनस्थापन विज्ञको रुपमा पनि काम गरेको अनुभव रहेको छ ।

पालिका प्रेस
थप जानकारी