अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ ।

शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सचिव मोहम्मद सिद्धिकलाई सेवाग्राहीबाट रु. ३,००० घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

सचिव सिद्धिकलाई जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।