महानपर्व तिहार शुरुवातसंगै फूलको माग बढ्न थालेको छ । काठमाण्डौंबाट नजिकको पालिका इन्द्रसरोवरका किसानहरुलाई फूल बिक्रीका लागि भ्याइ नभ्याइ छ । तिहार÷दीपावलीको मेसोमा इन्द्रसरोवर गाउँपालिकाका किसानहरु फूल टिप्न व्यस्त देखिन्छन् । २५ कात्तिकमा पालिका प्रेस डटकम टिम पालिकाको ५ वटै वडामा स्थलगत पुग्दा हरेक घरका किसान फूल टिप्न र माला गास्नमा व्यस्थ थिए ।

यो मौसममा इन्द्रसरोवरका अधिकांश भूभागमा गरेका पुष्पखेतीले सम्पूर्ण वस्ती तथा पाखापखेरा फूलैफूलले ढकमक्क ढाकेको देख्न सकिन्छ । सीमति दिनमा मात्र क्रिी हुने भएकोले कागतिहार शुरु हुनु २ दिन अघिदेखी खेताला लगाएर किसानहरु फुल टिप्न र माला गाँस्न व्यस्थ हुन्छन् । तिहारलाई लक्षित गर्दै मकवानपुरको फाखेलबासी यतिखेर उस्तै व्यस्त छन् । आफ्नो दैनिक कामधन्दासहित उनीहरु माला बुन्न व्यस्त भएका हुन् । त्यसैले फाखेल यतिखेर ‘माला गाउँ’ जस्तै देखिन्छ। उक्त क्षेत्रका प्रायः घरमा हिजोआज परिवारका कुनै न कुनै सदस्य सयपत्री र मखमलीको माला गाँस्न व्यस्त देखिन्छन्।

व्यावसायिक तरकारी खेतीले उकासिएको फाखेलको आर्थिक जनजीवनलाई सयपत्री र मखमलीलगायत फूलले पनि मलजल गरेको छ। २५ कात्तिकमा पालिका प्रेसका सम्पादक मणीराज थापाको नेतृत्वमा फोटोपत्रकार गणेश विष्टसहितको टोलीले स्थलगत रिपोटिङ गरेका थिए ।

हेर्नुहोस् फोटोहरुः

गणेश विष्ट
थप जानकारी