फाइल फोटो

हेटौंडा–काठमाण्डौं ओहोर दोहार गर्ने सडक सधै निर्माणको चरणमा त्यसमाथी ठाउँठाउँमा कच्ची र धेरै जोखिमयुक्त सडक । त्यसमाथी टाटा सुमो चालकको अर्को टिप भ्याउनका लागि दगर्नुपर्ने बाध्यताका कारण पनि यस सडकमा निकै जोखिमपूर्ण यात्रा गर्नुपरेको यात्रुहरु वताउँछन् । यो सडक जोखिम र साघुरो भएकै कारण पनि धेरै दुर्घटा भएका छन् । हरेक वर्ष दुर्घटनाका कारण धेरैले ज्यान समेत गुमाउनु परेको छ । त्यसमाथी जोखिमपूर्ण यान्त्रिक अवस्था रहेका सार्वजनिक सवारी साधन हेटौंडा–काठमाडौं रुटमा चल्ने गरेको ट्राफिक प्रहरीको चेकजाँचमा भेटिएको छ । हेण्डब्रेक नभएका, लाईटहरू नभएका तथा कालो धुँवा फाल्ने ३० वटा सवारी साधनलाई ट्राफिक प्रहरीले सोमबार कारबाहीको दायरामा ल्याएको छ ।

चेकजाँचका लागि ट्राफिक प्रहरीले कीर्तिपुरमा रोकिराखेका सुमो लगायत गाडी २२ वटालाई जरिवाना गरिएको अन्य ८ वटालाई थप यान्त्रिक परीक्षणका लागि नियन्त्रणमा लिइएको काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश बिष्टले बताए । काठमाडौँको किर्तीपुरमा सोमबार दिउँसो ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको विशेष यान्त्रिक चेकिङ गरेको थियो । जस क्रममा अवस्था ठिक नभएका टाटा सुमो, फोर्स तथा पानी ट्याङकर लगायत सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

ती सवारी साधनहरु हेटौडांबाट काठमाडौं आएका थिए । खासगरी सुमो गाडीले यान्त्रिक अवस्था ठिक नराख्ने गरेको पाइएको छ । कालो धुँवा फाल्ने र हेण्ड ब्रेक ठिक नभएका ८ ओटा सवारी साधनलाई थप यान्त्रिक परिक्षण गर्नु पर्ने भएकाले नियन्त्रणमा लिइएको एसपी बिष्टले बताए । ‘हामीले दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा आज दिउँसो बिशेष चेकिङ गरेका थियौं,‘ एसपी विष्टले भने, ‘जस क्रममा कतिपय सवारी साधनको हेण्डब्रेक नभएको, लाईटहरु नभएको, कालो धुँवा फाल्ने र टायर धेरै घिसिएका अवस्था ेखियो ।’

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गर्न थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नायव उपरीक्षक (डिएसपी) दलराम टमाटाको कमाण्डमा ट्राफिक प्रहरीको टोलीले यस्तो चेकजाँच गरेको हो । अवस्था ठिक भएमा मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । दसैंको मुखमा पनि यसैगरी चेकजाँच गर्दा धेरै सार्वजनिक यातायातको अवस्था ठिक नभएको खुलेको थियो । कतिपय दुर्घटना सवारी साधनको खराब अवस्थाका कारण हुने गरेका छन् ।

पालिका प्रेस
थप जानकारी