‘थाहानगर यातायात’ सेवा सञ्चालन आउने भएको छ । नागरिकलाई सहज र सुरक्षित यात्राका लागि यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सेवा शुरु गरिएको सञ्चालक माधव कार्कीले जानकारी दिए । सेवालाई नागरिकसम्म जोड्न थाहा नगरपालिका–४, थानाबजारमा चार्जिङ स्टेसन तथा काठमाडौंको कलंकीमा टिकट काउन्टर स्थापना गरिएको छ ।

थाहानगर यातायातमार्फत पालुङबाट चित्लाङ, थानकोट, कलंकी हुँदै काठमाडौंको जोरपाटीसम्म यात्रु आवागमनको व्यवस्था गर्ने कम्पनीले जनाएको छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म काठमाडौं र पालुङ दुवैतर्फबाट प्रत्येक दुई घण्टाको अन्तरालमा सवारी छुट्ने तालिका थाहानगर यातायातको छ ।

कम्पनीले नगरभित्र पालुङ, अङ्गारे, फाँटबजार, घर्तीखोला, शिखरकोट लगायतका क्षेत्रमा समेत सेवा उपलब्ध गराइनेछ । यात्रुको आवश्यकता र मागअनुसार नगरपालिकाका अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।

यस्तो छ विभिन्न गन्तव्यको भाडादर
काठमाडौं–चित्लाङ: रु. २००
काठमाडौं–बिसिङ्खेल/नौखण्डे: रु. २५०
काठमाडौं–बज्रबाराही: रु. २५०
काठमाडौं–कुन्छाल भञ्ज्याङ: रु. ३००
काठमाडौं–पालुङ: रु. ३५०
काठमाडौं–डाँडाबास: रु. ४७५

त्यस्तै नगरभित्रका गन्तव्यमा चित्लाङदेखि बिसिङ्खेल÷नौखण्डेसम्म रु. ५०, बज्रबाराहीसम्म रु. १००, कुन्छाल भञ्ज्याङसम्म रु. १५० र पालुङसम्म रु. २०० भाडा निर्धारण गरिएको छ । पालुङदेखि बज्रबाराहीसम्म रु. १००, कुन्छाल भञ्ज्याङसम्म रु. ५०, नौखण्डे÷बिसिङ्खेलसम्म रु. १५० र चित्लाङसम्म रु. २०० भाडा लाग्नेछ।

१० पटक यात्रापछि ११औँ यात्रा निःशुल्क

यात्रुलाई थप सुविधा दिन कम्पनीले विशेष छुट योजना पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार १० पटक टिकट काटेर यात्रा गरेका यात्रुले ११औँ पटक निःशुल्क यात्रा गर्न पाउनेछन्। यसका लागि यात्रुले अघिल्ला यात्राका टिकट सुरक्षित राख्नुपर्नेछ।

यात्रुहरूको सुविधाका लागि पालुङको थानाबजार र काठमाडौंको कलंकीमा टिकट काउन्टरको व्यवस्था गरिएको छ। फोनमार्फत पनि टिकट बुकिङ तथा सेवासम्बन्धी जानकारी लिन सकिनेछ।

टिकट बुकिङ तथा सम्पर्क नम्बरः
काठमाडौं, कलंकी: ९७१५२०२०१५
पालुङ, थानाबजार: ९७१५३०३०१५

पालिका प्रेस
थप जानकारी