स्वर्गिय रुपचन्द्र बिष्टको शालिकमा मार्यापर्ण गरेर मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–२ का संघीय सांसद महेश कुमार बर्तौलाले आम मतदाताहरुलाई यस क्षेत्रमा धन्यवाद ज्ञापनको काम सुरु गरेका छन् । रुपचन्द्रले देखाएको बाटो आफु हिड्न तयार रहेको बताउँदै उनले शालिकमा माल्यापर्ण गर्दै धन्यवाद ज्ञापन कार्यक्रमको यस क्षेत्रमा सुरुवात गरेका हुन् ।

सुरुवातको धन्यवाद ज्ञापन कार्यक्रममा रुपचन्द्रका छोरा रणसंग्राम बिष्टले बोल्नेक्रममा भावुक हुँदै अब उहाँले देखाएको बाटोतर्फ लाग्न बर्तौलालाई सुझाब दिए । जनताका कुरा संसदमा पुर्याउने र संसदका नीतिका विषयमा जनतालाई जानकारी गराउने रुपचन्द्रको ब्यवहार भएकाले अबका दिनहरुमा महेशले त्यस्तो काम गर्नका लागि छोरा रणसंग्रामले सुझाब दिए । बर्तौलालाई कार्यकालको शुभकामना र बधाई ज्ञापन गर्दै बिष्टले अहिलेका यो अवस्थामा रुपचन्द्रका काम र व्यवहार ताजै अवस्थामा रहेको र त्यसै अनुसार काम गर्नका लागि थाहानगरका वासिन्दाहरुले सुझाब दिएका छन् । रुपचन्द्र विष्टले गरेका काम र उनको व्यवहार जिल्लाभरी र देशैभरी अहिले पनि उत्तिकै चर्चित रहेको छ ।

३९ वर्षकै उमेरमा नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर–२ मा प्रतिनिधी सभाको रुपमा निर्वाचित भएपछी पहिलेको भन्दा केही नयाँ र यस भेगका नागरिकका निम्ति पाँच वर्ष काम गर्ने योजनाका साथ बर्तौला अगाडी बढेका छन् ।

पालिका प्रेस
थप जानकारी