मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट निर्वाचित सांसद महेश कुमार बर्तौलालाई इन्द्रसरोवर गाउँपालिकामा मतदाताहरुले भव्य स्वागत गरेका छन् । बर्तौलाले मतदाताहरुलाई धन्यवाद दिने क्रममा स्थानीयहरुले स्वागत गरेका हुन् ।

 मतदाताहरुलाई धन्यवाद दिनका लागि पुगेका विजयी बर्तौलालाई स्थानीयहरुले मतान्तर बराबरको एम.एम.को माला लगाएर स्वागत गरेका हुन् । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५ सय २१ मतान्तरले पराजित गर्दै बर्तौैला प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । मकवानपुर क्षेत्र नम्वर २ मा ८६ हजार ६ सय ५२ मत खसेको थियो । तीमध्ये बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गरेका थिए ।

इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा भएको कार्यक्रममा बर्तौलाले मतदाताहरुलाई भेटेरै धन्यावद दिए । उनले जनताले दिएको मतको उच्च कदर गर्दै विकास निर्माण र निती निर्माणमा ध्यान दिने प्रतिवद्धता जनाए । कार्यक्रमहरुमा नेकपा एमाले इन्द्रसरोवर गाउँपालिका अध्यक्ष धनवीर स्याङ्तान, सचिव राजु बस्नेत लगायतका पदाअधिकारीहरु तथा जिल्ला कमिटि सदस्यहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको एमाले इन्द्रसरोवर गाउँपालिकाले व्यवस्थापन गरेको हो ।

बर्तौलाले प्रतिनीधि सभा क्षेत्र नम्बर २ अन्तर्गतका पालिकाहरुमा पुगेर मतदाताहरुलाई धन्यवाद दिइरहेका छन् ।

पालिका प्रेस
थप जानकारी