पालुङ जेसीज बर्ष २०२३को अध्यक्ष पदका लागि संगम कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । ‘एक ब्यक्ति एक पद, एक बर्ष कार्यकाल’ रहने जेसीजको बर्ष २०२२का कानुनी सल्लाहकार समेत रहनुभएको कार्कीले संचारकर्मीहरुसंगको कुराकानीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । थाहानगरको सामाजिक क्षेत्रमा क्रियाशिल पालुङ जेसीजको बर्ष २०२३का लागि कार्की तीन ‘स’ अर्थात् समानता, सहकार्य र सफलताको मूल सिद्धान्तसहित अध्यक्ष पदको लागि आफू तयार भएको बताए ।
अंग्रेजी र समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका कार्कीले बर्ष २०२३ मा उपलब्धिमुलक कार्यक्रम गर्दै सदस्यहरुको ब्याक्तित्व बिकास सहित गाउँ, समाज र राष्ट्रको बिकासमा युवाको क्षमतालाई प्रदर्शन गर्न सक्ने बनाउन विविध कार्यक्रम संचालन गर्ने बताए । कार्कीले बर्ष २०२३मा विशेष २३ कार्यक्रम सहित उत्कृष्ट बर्ष बनाउने समेत बताए । उनले युवाहरुलाई सूचनाप्रबिधिमा जोडेर थाहानगरको शिक्षा, स्वास्थ्य, सहकारी, पर्यटन, कृषि, राजनीति, व्याक्तित्व विकासको क्षेत्रमा कार्यक्रमहरु तयार गरिएको बताए ।
वर्ष २०१६ मा पालुङ जेसीजको सदस्यता लिएका कार्कीले २०१७ मा साधारण सदस्य, २०१८ मा ओमकर क्वीज कन्टेष्ट संयोजक, २०१९ मा उपाध्यक्ष, २०२०मा कोषाध्यक्ष, २०२१ मा महासचिव र २०२२मा कानुनी सल्लाहकारको भूमिकामा कार्यसम्पादन गरेका छन् । पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको जेठो छोरा संगम कार्की आफ्नो बुबाको प्रेरणा र युवाहरुलाई समाज बिकासमा प्रेरित गर्न आफुले अध्यक्ष पदमा उम्मेद्बारी दिने बताए ।
जमर्को नेपालको अध्यक्ष, एन्टिक नेपाल प्रा.लि. (हस्तकला सम्बन्धि तालिम र सिप प्रदान गर्ने संस्था) ब्यवस्थापकको जिम्मेवारी सम्हालीसकेका कार्की हाल जनकल्याण माविको शिक्षक, उच्च माध्यमिक शिक्षक संगठनको थाहानगर संयोजक, नेपाल शिक्षक महासंघ थाहानगर सदस्य, प्याब्सन थाहानगर सचिव, हिमालयन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको संयोजक, न्यु भिजन एकेडेमी थाहा ३को संस्थापक, जनकल्याण मावि मानविकी संकाय संयोजक, नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य, अखिल नेपाल शिक्षक संघ मकवानपुर जिल्ला सदस्य, जनशक्ति कृषक सहकारी संस्था लि. थाहा ३ को लेखा सुपरीवेक्षण समिति सदस्य लगायतको जिम्मेवारीमा छन् ।
सामाजिक क्षेत्रमा सक्रिय कार्कीले पालुङ जेसीजको ईतिहासमा वर्ष २०२३ लाई लोकप्रिय र उत्कृष्ट बनाउने बताए ।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्