मकवानपुर थाहानगरमा क्रियाशील सामाजिक संस्था पालुङ जेसिजको वर्ष २०२३ को अध्यक्ष पदमा निरज रायमाझीले उमेद्वारी घोषणा गरेका छन् । लामो समयदेखि जेसिज अभियानमा आवद्ध हुँदै आएका रायमाझीले यसपटक भने अध्यक्षमा आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।
आफ्नो उमेद्वारी संगै उनले ‘थ्रि टि’ थिम अघि सारेका छन् । रायमाझीले ‘टाइम, टिमवर्क र ट्रेडमार्क’ सन् २०२३ का लागि आफ्नो थिम बनाएका छन् । रायमाझीले पालुङ जेसीज वर्ष २०१७ संचार संयोजक, वर्ष २०१८ सदस्य, वर्ष २०१९ सदस्य, वर्ष २०२० को उपाध्यक्ष, २०२१ को कोषाध्यक्ष, वर्ष २०२२ को महासचिवको जिम्मेवारीमा रही सफलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् ।
विभिन्न सामाजिक संस्थामा आवद्ध हुँदै सामाजिक काममा क्रियाशील रायमाझी विद्युतीय सामाग्रीको व्यवसायी हुन् । उनी शिखर बचत तथा ऋण सहकारी संस्थाको संचालक सदस्य, शिखर क्लबको सदस्य, बजार व्यवस्थापन समितिको सदस्य, लायन्स क्लब अफ पिस थाहाको २०२२÷०२३ को कोषाध्यक्ष भइ काम गरिसकेका छन् । व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेका रायमाझी सामाजिक र व्यवसायिक क्षेत्रमा क्रियाशील युवा हुन् ।
उनले पालुङ जेसिजको वर्ष २०२३ लाई सफल र स्वर्णिम वर्षको रुपमा स्थापित गर्नका लागि आफूलाई सहयोग गर्न सम्पूर्ण जेसिज सदस्यहरुलाई अनुरोध गरेका छन् । पालुङ जेसिजमा पूर्व अध्यक्षहरु बाहेक ८५ जना साधारण सदस्य रहेका छन् ।
‘थ्रि टि’ थिम:















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्