मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ की ३६ बर्षीय सरस्वती वाइबाको हत्या गरेर पुरिएको अवस्थामा सव फेला परेको छ । एक हप्ता देखि घरबाट हराइ रहेकी वाइबाको सव पुरिएको अवस्थामा फेला पर्नुले पनि हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले वताए ।
सरस्वतीले आफै आत्महत्या गरेको भए सव पुरिएको अवस्थामा फेला नपर्ने र सव पुरीएको अवस्थामा फेला परेकाले कसैले हत्या गरेर पुरेको हुन सक्ने उनले वताए । यसका विषयमा अनुसंधान भइरहेको प्रहरीले जनाएको छ । कसले हत्या गर्यो भनेर अहिलेनै भन्न नसकिने प्रहरीको भनाई छ ।
इन्द्रसरोवर–३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा वाइबाको सव उनकै श्रीमानले फेला पारेका थिए । ३६ वर्षिय वाइबाको सब उनका श्रीमान विरबहादुर वाइवाले फेला पारेका थिए । उनले केही दिन अघि मात्र श्रीमती हराएको भनि जिल्ला प्रहरी कार्यलय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटो सहित निदेवन दिएका थिए । विरबहादुर वाइवाले आफैले खोज्ने क्रममा हिजो शनिवार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।
शव स्थानीय ठुलोकान्छा वाईबाको घरभन्दा ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भाग मात्र देखिने गरि खाल्डोमा पुरिएको अवस्थामा भेटेपछि श्रीमान विहरबहादुरले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी सिस्नेरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कुकुर सहित खटि गएको प्रहरी टोलीले घटनाको बारेमा जानकारी लिएर मुचुल्का तयारपारी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव पोस्टमार्टमका लागी हेटौंडा अस्पतालमा राखिएको मकवानपुरका एसपी गौतमले जानकारी दिए।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्