पालुङ जेसीज बर्ष २०२३ का लागि अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदमा बर्तमान कानुनी सल्लाहकार संगम कार्की र महासचिव निरज रायमाझी तथा कोषाध्यक्ष बिक्रम गोपालीले उम्मेद्वारी दर्ता गराएको निर्वाचन आयुक्त नवराज लामाले जानकारी दिए ।
त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदका लागि माधव कार्की, मान सिं दोङ, अञ्जय प्रधान र दिपा बलको उम्मेद्वारी परेको छ । ४ उपाध्यक्ष पदका लागि नारायण तामाङ, अजय कार्की, प्रकाश बहादुर चन्द, अजित कार्की र मनिष अधिकारीको उम्मेद्वारी परेको छ ।
पालुङ जेसीजको यही १ पौषमा थाहानगरको शंकर हेटलमा बिहान ११ बजे साधारण सभा हुने बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले बताए । उनका अनुसार २९ मंसिर साँढे १० बजेदेखि शंकर होटलमा उम्मेद्वारहरुको तालिम हुने जानकारी दिए ।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्