मकवानपुर थाहा नगरपालिकाको आयोजनामा भएको वडास्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन ६ पुसमा चार टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
६ पुसमा भएको प्रतियोगितामा वडा नम्बर १ लाई वडा नम्बर ९ ले १–४ गोल अन्तरले पराजित गरेको छ भने वडा नम्बर १२ लाई वडा नम्बर २ ले ०–५ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै वडा नम्बर ७ लाई वडा नम्बर ३ ले १–२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो चरणको अन्तिम खेल थाहा ८ ले छोडेको कारण थाहा ४ समेत क्वाटर फाइनलमा पुगेको छ । ययअघि वडा नम्बर ११ ले बइ पाएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।
७ पुसमा क्वाटर फाइनल अन्तर्गतको पहिलो खेल बिहान १० बजे थाहा ९ र थाहा १० बिच हुनेछ । दोश्रो खेल थाहा ४ र थाहा ११ बिच हुने थाहानगर खेलकुद विकास समितिका सदस्य यादवजंग रायमाझीले जानकारी दिए ।
थाहानगरको इन्द्रायणी चौर खेल मैदानमा ५ पुसबाट संचालन भैरहेको प्रतियोगिता स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थाहा नगरपालिका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए । वडास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु यहि २६ पुसबाट आयोजना हुने थाहा गोल्डकप प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
९ पुससम्म संचालन हुने प्रतियोगिताका विजयी टिमलाई ३० हजार नगद शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेतालाई १५ हजार र तेस्रो र चौथो स्थानकालाई ५÷५ हजार रुपियाँ पुरस्कार दिइने थाहा नगरपालिकाले जनाएको छ ।
















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्