मकवानपुर थाहा नगरपालिकाको आयोजनामा भएको वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत ७ पुसमा भएको खेलमा दुईटिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

थाहानगरको इन्द्रायणीचौर खेलमैदानमा भएको प्रतियोगितामा वडा नम्बर ९ ले वडा नम्बर १० लाई २–० गोल अन्ततरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो भने वडा नम्बर ४ ले वडा नम्बर ११ लाई ०–२ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । ८ पुस विहान सेमिफाइनल अन्तर्गत पहिलो खेल वडा नम्बर ९ र २ बीच तथा दोस्रोखेल वडा नम्बर ३ र ४ बीच हुने खेलकुद विकास समिति थाहानगरका सदस्य यादवजंग रायमाझीले जानकारी दिए ।

थाहानगरको इन्द्रायणी चौर खेल मैदानमा ५ पुसबाट संचालन भैरहेको प्रतियोगिता स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थाहा नगरपालिका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए । वडास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु यहि २६ पुसबाट आयोजना हुने थाहा गोल्डकप प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

९ पुससम्म संचालन हुने प्रतियोगिताका विजयी टिमलाई ३० हजार नगद शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेतालाई १५ हजार र तेस्रो र चौथो स्थानकालाई ५÷५ हजार रुपियाँ पुरस्कार दिइने थाहा नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी