मकवानपुर प्रतिनिधि सभाका नव निर्वाचित सांसद महेश कुमार बर्तौलाले रासायनिक मलको बिकल्प सोच्ने समय आएको बताएका छन । ९ पुसमा थाहा नगरपालिकाको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को २४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलाले यस्तो बताएका हुन ।
सांसद बर्तौलाले नेपालमा तत्काल रासायनिक मलको उत्पादन सम्भव नभए विकल्पको रुपमा अब प्रविधिमैत्री रुपमा जैविक मल उत्पादन गरि देशलाई अग्र्यानिक खेतितर्फ लैजानू नै उत्तम बिकल्प रहेको बताए । बर्तौलाले भने “नेपालको खेतीयोग्य जमिनको माटोको उर्वराशक्ती रासायनिक मल र अनेकथरीका विषादिले खाइसकेकोले माटोको उर्वरासक्तिलाई बचाउनको निम्ति पनि रासायनिक मल बिस्तारै विस्थापन गर्नु पर्छ ।’ यो अभियान बेमौसमी तरकारी खेतिको लागि प्रसिद्ध स्थान थाहा नगरपालिकाले सुरु गर्नु पर्ने बताउदै त्यस्का लागि चाहिने ऐन कानुन बनाउन आफुले रोस्ट्रमबाट आवाज बुलन्द पार्ने उल्लेख गरे ।
सांसद बर्तौलाले संस्थाको स्थापना दिवसको उपलक्ष्यमा शुभकामना दिदै मकवानपुरको किसानको तर्फबाट सरकारको कानमा पुग्नेगरी आवाज उठाउने बताउदै सहकारी भनेको जनतालाई सामाजिक तथा आर्थिक उत्पीडन हुनबाट मुक्त गर्ने संस्था रहेको बताउदै सामाजिक उत्तरदायित्वमा अझै थप उत्तरदायी हुन शुभकामना समेत दिए । उनले विश्व अर्थतन्त्रको नमुना र नेपालको अर्थनीतिको एक खम्बा सहकारी भएकोले जनताको उत्पादन क्षेत्रसंग जोडिन आग्रह गर्दै सहकारीसंग जोडिएको नीति, नियम, कानुन निर्माण गर्न सल्लाह र सुझावको अपेक्षा राख्दै जनताबाट आएका सुझावलाई संसद भवनमा बुलन्द पारी सरकार समक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी विशिष्ट अतिथी थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले सहकारीको संख्या वृद्धि गर्नुभन्दा सहकारी सहकारीबीच एकिकरण गरी राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताए । विष्टले सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने जोड दिए ।
संस्थाका अध्यक्ष उमेश ढकालको अध्यक्षतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा १ का अध्यक्ष हेरमान गोपाली, ३ का अध्यक्ष हिरेन्द्र रायमाझी संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगली, निवर्तमान अध्यक्ष पुरुषोत्तम कार्की, पुर्व अध्यक्ष बिमलकुमार ढकाल, सिए तथा नेपाल ब्रोकर एशोसियसनका उपाध्यक्ष धर्मनाथ चापागाई, हेटौंडा सेवा केन्द्रका संयोजक बिष्णु प्रसाद ढकाल, ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनाल, थाहानगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाल, महासचिव सुरेन्द्रमान प्रधानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पुर्व संचालक समितिका पदाधिकारी, सेयर सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्