लियो क्लब जिल्ला परिषद ३२५ एम नेपालको दोस्रो जिल्ला परिषद बैठक मकवानपुरको थाहानगरमा हुने भएको छ । बैठकमा लियोमा आवद्ध युवाहरु थाहानगर आतिथ्यका लागि भित्रने भएका छन् । अंग्रेजी नयाँ वर्ष २०२३ को पुर्व सन्ध्यामा आतिथ्यता गर्न आउने भएका हुन् ।
लियो क्लव अफ पिस थाहानगरको आतिथ्यतामा आगामी पुस १५ र १६ मा लियो जिल्ला परिषद ३२५ एम नेपालको दोस्रोे परिषद बैठक हुन लागेको क्लबका कार्यक्रम संयोजक कमल विष्टले जानकारी दिए । संयोजक विष्टका अनुसार–‘बैठक जेसिज सभाहलमा हुने छ ।’ अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर र प्राकृतिक सौन्दर्यले भरीपुर्ण थाहानगरमा परिषद बैठकको आयोजना हुन लागेकोले सहभागीहरुका लागि विशेष अवसरका रुपमा लिनूपर्ने कार्यक्रम उपसंयोजक रोशनी गोपालीले बताइन् । सहभागीहरुलाइ थाहानगरका सुविधायुक्त होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
परिषद बैठकको अवसरमा पिस परेड, स्थानीय कला संस्कृतिको प्रदर्शनी र दृश्यावलोकनका कार्यक्रमहरु पनि राखियको लियो क्लव अफ पिस थाहा नगरका सन २०२२–०२३ का अध्यक्ष निशा बिष्टले जानकारी दिईन। लायन्स क्लव अफ थाहा पिसको सौजन्यमा पाँच वर्ष अघि स्थापित सो क्लवले यस अघिपनी लियो क्लव जिल्ला परिषद आतिथ्यता गर्ने अवसर पाइसकेको छ।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्