नेकपा माओवादी केन्द्र थाहानगरको विस्तारित बैठकले वडा इन्चार्ज तथा सहइन्चार्जहरु तोकेको छ । १३ पुसमा थाहानगरको विकास घरमा भएको बैठकले हालै सम्पन्न संघ तथा प्रदेशको निर्वाचनको समेत समिक्षा गरेको छ ।

विस्तारित बैठकले वडा नम्बर १ को इन्चार्ज रुपचन्द्र गोपाली, २ नम्बरको इच्छापुर्ण कार्की, इन्चार्ज, जानुका ढकाल सह इन्चार्ज, ३ नम्बर वडाको राजकुमार कार्की इन्चार्ज, कविता बिष्ट सहइन्चार्ज, ४ नम्बर वडाको यादव जंग रायमाझी इन्चार्ज, आरती तामाङ सहइन्चार्ज, ५ नम्बर वडाको राजकुमार केसी इन्चार्ज, ६ नम्बर वडाको दामोदर सुवेदी इन्चार्ज, श्यामसिं ठकुरी सहइन्चार्ज, ७ नम्बर वडाको दिपेन्द्र थिङ इन्चार्ज, इमान सिंह थिङ सहइन्चार्ज, ८ नम्बर वडाको टिकाराम रुम्बा इन्चार्ज, ९नम्बर वडाको संजय बलामी इन्चार्ज, १० नम्बर वडाको रमेश मगर इन्चार्ज, ११ नम्बर वडाको तोक्न बाँकी र १२ नम्बर वडाको नवराज वाइवालाई इन्चार्ज तोकेको छ ।

नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको उपस्थितिमा भएको बैठक भएको थियो । सो कार्यक्रममा नेतृ मोक्तानले देशमा भएको परिवर्तनको मुख्य एजेन्डा माओवादीको भएको दाबी गर्दै अबको सरकारले देशको समग्र विकासमा योगदान दिने बताइन् । विकास र समृद्धिको लागि माओवादीको नेतृत्व आवश्यक रहेकोले नै अहिले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएको बताउँदै मोक्तानले मंसिर ४ गते भएको प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई विजयी गराउन एकजुट भएर लाग्ने सम्पूर्ण नेता कार्यकर्तालाई धन्यवाद व्यक्त गरिन् । उनले अबकोे सरकारले जनताको अवस्था परिवर्तन गर्ने उल्लेख गरिन् ।

थाहानगर कमिटी अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षता भएको बिस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष विष्ट, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु विष्ट, प्रदेश कमिटी सदस्य लवशेर विष्ट, इन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक सर्केस घलान, जिल्ला समन्वय समिती सचिव भिम पाख्रीन, जिल्ला समन्वय समिति सदस्य जयराम रायमाझी, अरुण रायमाझी, बिनायक गोले, सनम सिंह मोक्तान, वाइसीएल केन्द्रिय सदस्य अरुण मोक्तानलगायत जनवर्गीय संघसंगठनका प्रमुख वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठकले नगर कमिटी अध्यक्ष बनिाद कुमार लामाले पेश गरेकोे राजनैतिक आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । पाटीको नगर बैठक अब सबै १२ वटै वडामा पालैपालो गर्र्नेे निर्णय गरेको नगर कमिटी सचिव लक्ष्मण विष्टले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी