लियो क्लब जिल्ला परिषद ३२५ एम नेपालको दोस्रोे जिल्ला परिषद बैठकको १५ पुसमा थाहानगरको जेसिज हलमा भएको छ। परिषद् बैंठकको संचारकर्मी तथा साहित्यकार डाक्टर नवराज लम्सालले उद्घाटन गरे । जिल्ला परिषद ३२५ एमका अध्यक्ष सुशील भण्डारीको अध्यक्षतामा परिषद बैठक भएको हो ।

लियो जिल्ला परिषद ३२५ एम नेपालको आयोजनामा भएको बोर्ड बैठक लियो क्लब अफ थाहा तथा लियो कलब अफ थाहानगरको आतिथ्यतामा भएको हो। परिषद् बैठकको अवसरमा पिस परेड, स्थानीय कला संस्कृतिको प्रदर्शनी र दृश्यावलोकनका कार्यक्रमहरु पनि राखियको लियो क्लव अफ पिस थाहानगरका सन् २०२२–०२३ का अध्यक्ष निशा बिष्टले जानकारी दिइन । लायन्स क्लव अफ थाहा पिसको सौजन्यमा पाँच बर्ष अघि स्थापित सो क्लवले यसअघि पनि लियो क्लव जिल्ला परिषद आतिथ्यता गर्ने अवसर पाइसकेको छ। बैठकमा १७ वटा शाखाको आतिथ्य रहेको कार्यक्रम संयोजक कमल बिष्टले जानकारी दिए ।

समारोहमा लायन्स क्लव थाहाका सल्लाहकार तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीका विशिष्ट आतिथ्यता तथा जिल्ला परिषद सचिव दिक्षान्त प्रताप खाड, पुर्व जिल्ला परिषद् अध्यक्ष शेखर कार्की, जिल्ला परिषद् उपाध्यक्ष अस्विन खतिवडा, लायन्स क्लव अफ थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, पूर्व अध्यक्षहरु, बिक्रम केसी, श्रीराम कार्की, उद्वव बिडारी, राममाया खत्री तथा लियो क्लव थाहाका संस्थापक अध्यक्ष अनिल बिष्ट, गणेश बिष्ट, अनन्त ढकाल, कमल बिष्ट, प्रसान्त प्रधान, लियो क्लव थाहाका वर्तमान अध्यक्ष निशा बिष्ट, लायन्सका वर्तमान अध्यक्ष जयराम खत्री, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, फरक सोचका अध्यक्ष यादव रायमाझी, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्रलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी