त्रिभुवन विश्वविद्यालयले आगामि २८ फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने तयारी गरेसंगै अनेरास्ववियु, मकवानपुरले जिल्लाका विभिन्न क्याम्पसहरुमा सांगठानिक गतिविधिलाई तिव्रता दिएको छ । यसक्रममा पालुङ बहुमुखी क्याम्पस थाहानगरमा विद्यार्थी भेला भएको छ ।

पालुङ बहुमुखी क्याम्पसमा भएको भेलाबाट दिलिप रुम्बाको अध्यक्षतामा १३ सदस्सीय क्याम्पस कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा स्वस्तिका बिष्ट, कृति थापा, सचिवमा रुपा बिष्ट, सह–सचिवमा सजन कार्की, सजना कार्की तथा पुष्पा जयसवाल, कोषाध्यक्षमा मेनुका देउलालगायत छन् । यसअघि अनेरास्ववियु, जिल्ला कमिटिको भदौ १७ गते तथा जिल्ला पदाधिकारीको भदौ २० गते भएको बैठकले आयोजक कमिटि गठन भएका क्याम्पस तथा पालिका कमिटिहरुलाई असोज ८ गतेभित्र अधिवेशन गर्न तथा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आवश्यक तयारी गर्न निर्देशन गरेको थियो भने पालुङ बहुमुखी क्याम्पसमा अनेरास्ववियुको २७ औं जिल्ला अधिवेशन अघि आयोजक कमिटी गठन गरिएको थियो ।

अनेरास्वयिु थाहा नगर कमिटिका अध्यक्ष एवम क्याम्पस कमिटिका उपाध्यक्ष आयाम नापितको अध्यक्षतामा पालुङ बहुमुखी क्यम्पसमा भएको कार्यक्रम अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य आशिष अस्लामी प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले विद्यार्थीहरुको हकहितकालागी निरन्तर अनेरास्ववियुले आवाज उठाउँदै आएको बताए । कार्यक्रममा जिल्ला अध्यक्ष भुवन मैनाली, नेकपा एमाले, थाहा नगरपालिका कमिटिका उपसचिव सुजन रायमाभीm, अनेरास्ववियु जिल्ला कमिटिका सदस्यहरु नवराज शर्मा, आरसी भ्लोन सहित विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी