नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता महशुल नबुझाउने ५६ ग्राहकको लाईन काटेको छ । लामो समयदेखि विद्युत महशुल नबुझाई बढि वक्यौता भएका ग्राहकको लाईन काटी पालुङ प्राधिकरणले वक्यौता उठाउन थालेको हो ।
पटक–पटक सूचना गर्दा पनि अटेर गरि वक्यौता नबुझाएका ग्राहकहरुको २० पुसबाट लाईन काट्न शुरु गरेको वितरण केन्द्र प्रमुख बिरमान रास्कोटीले बताए । प्राधिकरणले २२ पुससम्म ५६ ग्राहकको लाईन काटी सकेको छ । लाईन काटिएपछि ४२ ग्राहकले महशुल तिरी लाईन जोडाउदा प्राधिकरणले १० लाख बक्यौता असुल गरेको छ ।
पालुङ प्राधिकरणको वक्यौता झण्डै २ करोड छ । वक्यौता असुल गर्न ३ महिना भन्दा बढी समय विद्युत महशुल नबुझाउने ग्राहकको लिष्ट तयार गरि लाईन काट्न टोली परिचालन गरिएको पालुङ प्राधिकरणले जनाएको छ ।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्