नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मकवानपुरको संगठन बिस्तार तथा जनपरिचालन अभियान सुरु भएको छ । यस अन्तर्गत मकवानपुर जिल्लाको दशवटै पालिकामा पालिका कमाण्डर समेत तोकेको छ । हेटौंडामा भएको जिल्ला कमिटि बैठकले दश बटै पालिकामा संगठन बिस्तारको कामलाई अघि बढाउनका लागि जिम्मेवारी तोकिएको हो ।
बैठकले मकवानपुरको बागमतीमा नारायण तिमसिल्ना, बकैयामा कबिन पन्त, मकवानपुर गढीमा कृष्णबहादुर राई, इन्द्रसरोवरमा ध्रुुर्वबहादुर भुजेल, थाहा नगरपालिकामा किरणमान बल, भिमफेदीमा किशोर टण्डन, कैलाशमा रामकुमार एलन, राक्सिराङ र मनहरीमा भूमिनन्द अर्याल र हेटौंडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष बिष्णुप्रसाद दाहाल संयोजक रहेको टोली परिचालन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय निर्देशन अनुसार जिल्लाका सबै पालिका र वडाहरुमा संगठन बिस्तार तथा जन परिचालन अभियान सुरु गरिएको पार्टीले जनाएको छ । पार्टीले संगठन सुद्धिढीकरण अभियान लाई माघदेखि चैत्रसम्म सञ्चालन गर्नका लागि जिल्ला कमिटिका उपसचिब किशोर टण्डन र कबिन पन्तको टोलीलाई निर्वाचन क्षेत्र नम्बर १ मा तथा उपसचिव बेगम बराल र किरणमान बलको टोलीलाई निर्वाचन क्षेत्र नम्बर २ को जिम्मेवारी दिर्दै संगठन बिस्तार तथा जनपरिचालको जिम्मेवारी दिएको छ ।
त्यस्तै जनबर्गिय संगठनतर्फ युवा संघमा माधब तिमल्सिना, बिद्यार्थिमा अरुण बतौंला, अनेम संघमा बेगम बराल, जनसास्कृतिक मञ्चमा शान्ती प्रिय बन्दनालाई जिम्मेवारी तोकिएको नेकपा एस मकवानपुरका सचिब ध्रुर्वबहादुर भुजेलले जानकारी दिए । जिम्मेवारी प्राप्त संयोजक तथा निर्वाचन क्षेत्र नम्बरको जिम्मेवारी पाएकाहरुले गरेको पार्टीको संगठन बिस्तार तथा जनपरिचालनको कामको अनुगमन तथा आवश्यक सहजिकरण पार्टिका केन्द्रीय स्थाई कमिटि सदस्य तथा जिल्ला इन्चार्ज ललितबहादुर बस्नेत सहितको टोलीले गर्ने उनले बताए । पार्टीका जिल्ला अध्यक्ष बिष्णुप्रसाद दाहालको अध्यक्षतामा भएको बैठकमा नेकपा एसका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, स्थाई कमिटि सदस्य तथा प्रदेश अध्यक्ष साबित्रा भूषाल, स्थाई कमिटि सदस्य बिरोध खतिवडा, स्थाई कमिटि सदस्य तथा जिल्ला इन्चार्ज ललित बहादुर बस्नेत, केन्द्रीय सदस्य मुनु सिग्देल, केन्द्रीय सदस्य सुर्यचन्द्र न्यौपाने, केन्द्रीय परिषद सदस्य मिनाकुमारी लामाले संगठन बिस्तार गर्दै पार्टीलाई सुद्धिढ बनाउँन सबै तहबाट लाग्न आग्रह गरेका थिए ।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्