मकवानपुरको हेटौंडाबाट संघीय राजधानी जोड्ने छोटो मार्ग भैसे–कुलेखानी–काठमाण्डौं सडकको भैसे– भिमफेदी सडक खण्ड निर्माणको काम छिटै सक्नेगरी सक्नका लागि पहल भएको छ । भैसे भीमफेदी सडकखण्ड बिस्तारको काम प्रदेश सरकारको लगानीमा भइरहेको छ । यसको काम छिटो सक्नका लागि स्थानीय वासिन्दाहरुले प्रदेश सरकारलाई बारम्बार दवाव समेत दिएका छन् ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भए सँगै मुख्यमन्त्री शालिकराम जम्कटेलले भैसे भिमफेदी सडक खण्ड बिस्तारमा देखिएको समस्या समाधान गर्न आफु तयार रहेको वताएका छन् । सडकका समस्या समाधान गर्न प्रदेश सांसद कुमारी मुक्तान, भिमफेदी गाऊँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष संजीब श्रेष्ठ र वडा नम्बर–४ का अध्यक्ष सागर पाण्डे संग बिस्तृत छलफल गरेका छन् । मुख्यमन्त्री जमकट्टेलले भिमफेदी गाउँपालिका अध्यक्ष लामासंग भने–‘निर्माण सक्दो छिटो सक्ने गरी काम गराउँछौं, ढुक्क हुनुस् ।’

मुख्यमन्त्री निवास हेटौंडामा भएको छलफलले छिट्टै यात्रुहरु भोग्नु परेको समस्या बाटो विस्तारमा देखिएको समस्या हल गर्ने योजना तयार गरेको छ । केही समयलाई सवारी आवागमन रोकी सडक विस्तार गरिने मुख्यमन्त्री जम्कटेलले बताए । काठमाडौं बाट बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने भैंसे भिमफेदी सडक खण्ड विस्तारको काम अलपत्र पर्दा यात्रुहरु समस्यामा परेको गुनासो आए पछि मुख्यमन्त्रीको ध्यानाकर्षण भएको हो ।

पालिका प्रेस
थप जानकारी