१ माघमा पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै थाहानगरमा दीप प्रज्वलन गरिएको छ । लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ पिस थाहानगर र पालुङ जेसीजले थाहानगरको बुद्ध चोकमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको लायन्सका सचिव अनित विष्टले जानकारी दिइन् ।

श्रद्धाञ्जली कार्यक्रममा थाहानगरका उपप्रमुख तथा लायन्स क्लव अफ थाहाका सल्लाहकार भरत गोपाली, क्लवका संस्थापक अध्यक्ष तथा पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, क्लवका अध्यक्ष तथा पालुङ जेसीजका अध्यक्ष जयराम खत्री, २०२३ का अध्यक्ष संगम कार्की, पूर्व अध्यक्षहरु नवराज लामा, मनोज रायमाझी, कार्यकारी उपाध्यक्ष संजय गोपाली, कोषाध्यक्ष बिक्रम गोपाली, लायन्स सचिव अनित विष्ट, लियो अध्यक्ष निशा विष्ट, प्रथम उपाध्यक्ष रोशनी गोपाली, स्मिता विष्ट, सृष्टि प्रधानलगायतको सहभागिता थियो ।

यसैबीच थाहानगरकै शिखरकोटको कृष्ण मन्दिर चोकममा पनि दीप प्रज्वलन गरिएको छ । कृष्ण मन्दिर चोकमा आयोजित कार्यक्रममा थाहा नगर खेलकुद बिकास समितिको खेलाडीहरु, स्थानीय वित्तीय संघसंस्थाका प्रतिनिधीहरु, स्थानिययुवाहरु, फरक सोचका सदस्यहरुको उपस्थिति थियो । सो अवसरमा वि.सं. १९९० माघ २ गतेको महाभुकम्पमा ज्यान गुमाएकाहरुको स्मरण गर्दै एक मिनट मौन धारण समेत गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी