मकवानपुरमा संचालन भएको थाहा गोल्डकपको समापन समारोहमा नेपालको पर्यटन र खेल क्षेत्रलाई योगदान पु¥याएकोमा माउन्टेन एफसीका खेलाडीलाई सम्मान गरिएको छ।

मगर समुदायको सबैभन्दा कान्छो सगरमाथा हारोहक तथा २०१८ मा जलवायु परिवर्तनलाई रोक्ने सन्देश लिइ “Save himalayas For Safe Futures” भन्ने नारा सहित संसारभरी सन्देश दिने उद्देश्यले विश्वका सात वटा महादेश मध्य सर्वोच्च शिखर सगरमाथा लगायत ४ महादेशका अग्ला हिमालकी आरोहण गर्दै नेपालको पर्यटन र खेल क्षेत्रको प्रचार गर्ने उद्देश्यले सन २०२२ मे २७ मा FIFA world Cup replica traphy र फिफा आवद्ध २११ देशहरुको झण्डा दोश्रो पटक सर्वोच्च शिखर सगरमाथामा गाड्न सफल खेलाडी नर्विन मगरलाई चौथो थाहा गोल्डकपमा सम्मान गरिएको हो ।

लामालाई थाहा नगरपालिका प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपाली तथा थाहा नगर खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्गतानले कदरपत्र सहित सम्मानित गरेका हुन।