मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसीजको २३ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह ६ माघमा जेसीज सभाहलमा भएको छ । वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा भएको समरोहमा प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले जेसीजले गर्ने हरेक सामाजिक क्रियाकलापमा नगरपालिकाले सहकार्य गर्न नगरपालिका तयार रहेको बताए । नगर प्रमुख विष्टले थाहानगरको युवाहरुको वृद्धि विकासका निमित्त पनि जेसीज अभिन्न अंग बनेको बताए । नगर प्रमुख विष्ले पालुङ जेसीज सभाहलको उचित व्यवस्थापन तथा आवश्यक पुर्वाधारको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जेसीजको विधि अनुसार वर्ष २०२१ का निवर्तमान अध्यक्ष नवराज लामा पूर्व अध्यक्ष क्लवमा, वर्ष २०२२ का अध्यक्ष जयराम खत्री निवर्तमान अध्यक्ष र कार्की अध्यक्षको कुर्र्सीमा पदस्थापित भएका हुन् । पदस्थापित पदाधिकारीहरुलाई सपथ गराउदै पदीय प्रमाणपत्रहरु प्रदान गरिएको थियो । वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरेका पदाधिकारीहरु, पूर्व अध्यक्षलगायतलाई अवार्ड प्रदान गरे । पदस्थापित अध्यक्ष संगम कार्कीले अध्यक्षको स्वीकारोक्ति मन्तव्य राख्दै आफ्नो कार्यकालको लागि नीति तथा कार्यक्रमहरु प्रस्तुत गरे ।

अध्यक्ष कार्कीले प्रस्तुत कार्यक्रमहरु सम्पन्न गर्न आर्थिक संयोजकमा पशुपति बिष्ट ,मनोरञ्जन संयोजक श्रीकृष्ण श्रेष्ठ, कुमार रायमाझी हाजिरजवाफ संयोजक, स्वास्थ्य संयोजक विकेश गोपाली, ओराटरी संयोजक विकेसबाबु बस्नेत, नम्रता गोपाली महिला ससक्तिकरण संयोजक, स्कुल संयोजक विक्रम श्रेष्ठ, भरत रत्न छात्रवृत्ति संयोजक हरिचन्द्र कार्की, खेलकुद संयोजक इसाक केसी, फेलोसिप संयोजक गणेश बिष्ट, सदस्यता विस्तार संयोजक रविन केसी खत्री, यातायात संयोजक शिवशंकर चौधरी, शोभित बस्नेत राष्ट्रिय महाधिवेशन संयोजक, सचिव नारायण तामाङ, सह कोषाध्यक्ष स्मिता बिष्ट, भुमिराज अवस्थी अध्यक्ष सल्लाहकार, वर्ष कार्यक्रम संयोजक माना सिंह दोङ, तालिम संयोजक अनिता विष्ट, सुसान्त गोपाली प्रकरण निर्देशक, जनसम्पर्क अधिकारी विक्रम गोपाली, सुबिन्द्रमान प्रधान शाखासम्पादक, कोषाध्यक्ष माधव कार्की, महासचिव संजय गोपाली, निरज रायमाझी कानुनी सल्लाहकार, प्रमुख सल्लाहकार पुरुषोत्तम ढकाल, आर्थिक सल्लाहकार खड्गबहादुर गोपाली, अन्तर कार्यालय समन्वय समिती सल्लाहकार संयोजक सानोभाइ कार्की, योजना तर्जुमा सल्लाहकार सुरेन्द्रमान प्रधान, नेपाल जेसीज कार्यक्रम सल्लाहकार संयोजक शिवकुमार खत्री, लगायत पुर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा थाहानगरका उपप्रमुख भरत गोपाली,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाली काँग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशी, हेटौंडा जेसीजका अध्यक्ष श्रवण कुमार बर्तौलाले शुभकामना मन्तव्य व्यक्त गरे । पद हस्तान्तरण समारोहमा मकवानपुर गढी जेसिजका अध्यक्ष सुवास अधिकारी, चैनपुर जेसिजका अध्यक्ष गणेश दर्पण अधिकारी, हेटौंडा जेसिजका महासचिव विबेकानन्द न्यौपाने, जेसिआइ बस्तिपुरका अध्यक्ष प्रेम बहादुर गोम्बा, बस्तिपुर जेसिज बर्ष २०२२ का अध्यक्ष अमृत पाठक, माओवादी केन्द्र थाहा नगर सचिब लक्ष्मण बिष्ट, समाजसेवी बिमलकुमार ढकाल लगायत पुर्व अध्यक्षहरु तथा नगर भित्रका संघसंस्थाका प्रमुख तथा प्रतिनिधित्व गर्नेहरुको उपस्तिथि रहेको थियो ।

पालिका प्रेस
थप जानकारी