मकवानपुरको थाहा नगरपालिकाले सूचना प्रकाशित गरी कुन्छाल कुलेखानी सडकको दायाँबायाँ नयाँ घर टहरा नबनाउन भनेको छ ।

वडा अध्यक्ष हिरा बहादुर गमालले हस्ताक्षर गरी २०७७, ७ पौषमा सूचना प्रकाशन गरी सडकदेखि १५/१५ मिटर दायाँबायाँ नयाँ घर टहरा नबनाउन समेत आग्रह गरेका छन् । तर घर टहरा बनाए के हुने वा वडा कार्यालयले के गर्ने भन्ने विषयमा सूचनामा केही उल्लेख गरिएको छैन भने यस अघि निर्माण भएका घर टहराको विषयमा पनि वडा कार्यालयको सूचना बोलेको छैन ।

नगर मातहतमा नभएको उक्त सडकमा वडा कार्यालयले सूचना प्रकाशन गरी जानकारी गराइएको हो । कुन्छाल कुलेखानी सडक सहायक मार्गमा पर्दछ ।

सूचना:

पालिका प्रेस
थप जानकारी