मकवानपुर थाहानगरमा क्रियाशिल सामाजिक संस्था पालुङ जेसिजको सचिवालयमा नेपालको राष्ट्रिय झण्डा तथा पालुङ जेसिजको झण्डोत्तलन गरिएको छ । पालुङ जेसिज सभाहल तथा सचिवालय प्राङ्गणमा एक समारोहकाबीच झण्डोत्तलन गरिएको हो ।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली र पालुङ जेसिजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालको हातबाट झण्डोत्तलन गरिएको हो। पालुङ जेसिज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पालुङ जेसिजका विभिन्न कार्यक्रम संयोजकहरु, बोर्डका पदाधिकारी तथा पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो। वर्ष २०२३ का पदाधिकारीहरुको निर्वाचित भएपछिको पहिलो कार्यक्रमको रुपमा जेसिज सचिवालय तथा जेसिल सभाहलको प्राङ्गणमा झण्डोत्तलन गरिएको हो ।
सहिद दिवसको अवसरमा भएको सो कार्यक्रममा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुको सम्झनामा दिप प्रज्वलन समेत गरिएको थियो ।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्