मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर २ कोलाचौर नजिकै भेटिएको विरामी चितुवालाई उपचारको लागि चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ । १८ माघ विहान ७ बजेतिर बिरामी चितुवा देखेपछि स्थानीयहरुले इलाका प्रहरी कार्यालय र पालुङ सव डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए ।
कोलाचौरको नवराज ढकालको घर नजिकै भेटिएको उक्त चितुवा १ मिटर ८० सेन्टिमिटर लम्बाई र अन्दाजी २५ किलो तौलको रहेको थियो । पालुङ प्रहरी तथा वन कार्यालयले दिउँसो साँढे २ बजेतिर राप्ती डिभिजन वन कार्यालय मनहरीको जिम्मा लगाइ पठाइएको हो । राप्ती डिभिजन वन कार्यालयबाट आएका वन कर्मचारीहरुले चितुवाको उपचारको लागि चितवन राष्ट्रिय निकुन्जको अस्पताल लगिने राप्ती डिभिजन बनका जमदार हस्त बहादुर थापा मगरले बताए ।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्