स्थानीय तका कर्मचारी र जनप्रतिनीधिका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सिन्धुलीमा शुरु भएको छ । प्रदेश सुशासन केन्द्र बागमती प्रदेशको आयोजनामा २३ माघबाट तालिम शुरु भएको हो ।

पालिकाका सामाजिक विकास विकास समितिका पदाअधिकारी र सूचना अधिकारीहरुलाई तालिम दिइएको हो । तालिममा स्थानीय तहमा सामाजिक जवाफदेहिता कार्यान्वयनका लागि प्रशिक्षण दिइएको हो । तालिममा मकवानपुरका १० र सिन्धुलीका ९ स्थानीय तहको सहभागिता छ ।

तालिमका सहभागीहरुलाई दुर्लभ कुमार बोगटीलगायतले सहजीकरण गरिरहेका छन् ।