हेटौंडाको हर्नामाडीमा जंगलमा घाँस काट्न गएकी महिला माथी माघले २५ माघमा आक्रमण गरेको छ । हेटौंडामा लामो समयदेखि बाघको आतंक मचिदै आएको र बाघले आक्रमण गरेर महिलालाई घाइते बनाएको हो ।

यसअघि बाघले स्थानीय वासिन्दाहरुबो बाख्रा खाएको घटना भएपनि बाघले आक्रमण मानिस माथीनै गर्न थालेको हो । हेटौंडा १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षकी मैती बयलकोटीलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । अपरान्ह ४ बजे घाँस काट्न जाँदै गर्दा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो । उनको गाला, ओठ र ढाडमा चोट लागेको र थप उपचारको लागि हेटौंडा अस्पताल पठाइएको ठुलोदमार प्रहरी चौकीका ईन्चार्ज अर्जुन प्रसाद देवकोटाले जानकारी दिए ।

उनको अवस्था सामान्य छ । घटना भएको स्थल रामधुनीबाट डेढ किलो मिटरमा रहेको छ । मंगलबारदेखि हेटौंडा १८ हर्नामाडीको गुम्बाडाँडामा बाघको आतंक मच्चिएको छ । हिजो स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा खाएको बाघले सोही स्थानकै राजु पहेंलीको एउटा बंगुर खाएको र अर्कोलाई घाइते बनाएको छ र आजै एक महिलालाई समेत घाइते बनाएको छ । गाउँमा बाघले निरन्तर रुपमा पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित छन् । अहिले बन कार्यालयबाट घटनाबारे थप बुझ्न त्यसतर्फ गएको प्रहरी इन्चार्ज देवकोटाले बताए ।

स्थानीय रमेश सिलवालले केहि समयअघि गुम्बाडाँडा छेउमा बाघ देखेको तर त्यतिबेला आफ्नो कुरामा कसैले विश्वास नगरेको बताए । अहिले दिनकै क्षति गर्न थालेपछि मात्रै गाउँमा बाघ पसेको कुरामा विश्वास गर्न थालेको उनको भनाइ छ । पछिल्लो समय बनजंगलमा घाँस, दाउरा तथा खुला चरणमा रोक लगाएपछि त्यसक्षेत्रका बनजंगलमा झाडी अत्याधिक रुपमा बढेको छ । सोही कारणले गाउँमा बन्यजन्तुको प्रवेश भएको हुनसक्ने आंकलन स्थानीयले गरेका छन् ।

पालिका प्रेस
थप जानकारी