आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट हुने भएको छ ।
यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ । प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले भनेको छ ।
कर, नवीकरण तथा जरिवाना रकमहरु सरकारी बक्यौता सरह असुलउपर गरिने भएकाले त्यसबाट कुनै पनि बहानामा उन्मुक्ति नपाइने विभागले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्